• १३ असोज २०८३, मंगलबार
  • २ः४४ दिउँसो

महिला युरो : बेल्जियमलाई पराजित गर्दै फ्रान्स समूह विजेता

प्रकाशित मिति

२०७९ असार ३१ गते, शुक्रबार ०७:५२

३१ असार २०७९, काठमाडौँ : बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

National Life

अघिल्लो खेलमा इटालीलाई ५(१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो । खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन । बेल्जियमकी कायमानले ३६ औं मिनेटमा गोल गर्दा खेल १(१ को अवस्थामा बढ्यो । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछी फ्रान्स विजयी भयो ।


समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक छ । बिहीबार राति भएको खेलमा इटाली र आइसल्यान्डले १-१ अन्तरको बराबरी खेले ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया