• १३ असोज २०८३, मंगलबार
  • ३ः३८ दिउँसो

महिला युरो : नर्वेमाथि इंग्ल्यान्डको ८ गोल

प्रकाशित मिति

२०७९ असार २८ गते, मंगलवार ०८:४६

२८ असार २०७९, काठमाडौँ : नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले नर्वेलाई ८(० अन्तरले पराजित गर्‍यो।

National Life

पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै, एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरिन् ।


महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ । पराजित नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया