• 4:58 pm

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

प्रकाशित मिति

२०७९ असार २४ गते, शुक्रबार ०७:१५

२४ असार २०७९, काठमाडौं : भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ। जितसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ। जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो।


इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे। भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो।


भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए। यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्यकुमार यादवले ३९ रनको योगदान गरे। इंग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए। अब, दोस्रो खेल शनिबार हुनेछ।

प्रतिकृया