• २ असोज २०८३, शुक्रबार
  • ६ः०५ बेलुका

कालपानी-लिम्पियाधुराबारे कुरा हुँदैछ, सीमा समस्या समाधान हुन्छ: परराष्ट्रमन्त्री खड्का

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०१:१५

१३ असार २०७९ काठमाडौंः परराष्ट्रमन्त्री डा. नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन्।राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाको विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले सम्बन्ध थप प्रगाढ र विस्तारित भएको बताए।

National Life

द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको मन्त्री डा. खड्काले स्पष्ट गरे।परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाल–भारतका बीचमा नसुल्झिएका सीमा समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गरिहेको जानकारी दिए।


सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागिसमेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरिसकिएको उनको भनाइ छ ।कोरोनाका कारण चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्न जान दिनका लागिसमेत सरकारले कूटनीतिक प्रयास गरेको र त्यसमा सफलता हासिल हुने क्रममा रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया