• १५ साउन २०८३, शुक्रबार
  • १:१८ बिहान

आईजीपीको रिटमा सरकारी वकिलको बहस सुरु

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०१:३६

१३ असार २०७९ काठमाडौंः नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको रिटमा विपक्षी अर्थात् सरकार पक्षको बहस सुरु भएको छ। महान्यायाधिवक्ता कार्यालयको तर्फबाट शोभाकान्त भण्डारीले बहस सुरु गरेका हुन्। यस अघि जेठ ३० गते र असार ५ गते रिट निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस भएको थियो। आज पनि आफूहरुले बहस गर्ने पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्।


तर आज भने इजलासले विपक्षीलाई समय दिएको हो। सरकारी वकिल कार्यालयका तर्फबाट पनि बहसका लागि दुई दिन समय पाउनेछन्। महान्यायाधिवक्ताको कार्यालय र आईजीपी धिरजप्रताप सिंहको तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्ने छन्।

Kamana Sewa

सरकारलेसिंहलाई आईजीपीमा बढुवा गरेपछि एआईजी पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। तर पोखरेलले सिंहलाइृ हटाएर आफूलाई आईजीपी बनाउन माग गरे पनि न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

Classic Tech Desktop

त्यसपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो।

प्रतिकृया