• १३ असोज २०८३, मंगलबार
  • ३ः२१ दिउँसो

लुकाकुलाई अनुबन्ध गर्ने इन्टर मिलानको निर्णय

प्रकाशित मिति

२०७९ असार ८ गते, बुधबार ०६:४४

८ असार २०७९, काठमाडौँ : इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने भएको छ । इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो । लुकाकुलाई इन्टरले ८ मिलियन युरोमा लोनमा अनुबन्ध गर्न लागेको जनाएको छ ।

National Life

लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुनस् अनुबन्धित भएका थिए । लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले सो क्लवबाट ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।

प्रतिकृया