• १३ असोज २०८३, मंगलबार
  • ४ः४२ बेलुका

राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, एन्फासँग बिदा मिलाएका प्रशिक्षक अलमुताइरी कुवेतमै

प्रकाशित मिति

२०७९ असार २ गते, बिहीबार ०७:१५

२ असार २०७९, काठमाडौँ : राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटमा सहभागी भएर स्वदेश फर्केको छ । कुवेतमा भएको छनोटमा अङ्कविहीन भएको नेपाली टोली बिहीबार नेपाल आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीले स्वागत गरे ।

National Life

३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर नेपालका कुवेती प्रशिक्षक स्वदेशमै बसेका हुन् । नयाँ खेलाडीहरूको प्रदर्शन सन्तोषजनक भएको कप्तान नवयुग श्रेष्ठको भनाइ छ । यसअघि टोलीमा रहेका अनुभवी खेलाडीको अनुपस्थितिमा नतिजा सोचेजस्तो नआएको नवयुगले बताए ।


छनोटमा नेपाल समूह ‘ए’ को पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया