• १३ असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार ०६:२६

२३ जेठ २०७९, काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५-० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।

National Life

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

प्रतिकृया