• १७:०४ २०८० चैत्र १६ गते
  • 5:04 pm

स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङ प्रेस परियोजना अघि बढाइने

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०५:५५

1010 1 e1653394205121

१० जेठ २०७९, काठमाण्डौं : सरकारले फेरि आफ्नै भूउपग्रह (स्याटेलाइट) र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गरेको छ । यसअघिको नेकपा एमाले नेतृत्वको सरकारले अघि बढाउँदा अनियमितातको विवादमा फसेका दुबै परियोजना अघि बढाउने घोषणा भएको हो ।


आगामी आर्थिक वर्ष २०७९ र ८०को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै (स्याटेलाइट) राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ । नेपााल दूरसञ्चार प्राधिकरणले यसअघि अगाडि बढाइएका सबै प्रक्रिया रद्द गरेर स्याटेलाइट परियोजना ‘फ्रिज’ गरेर राखेको छ ।


सरकारले सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै २०७६ को असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । सरकारले एक फ्रान्सेली कम्पनीलाई दिने तयारी भएपनि अनियमितताको आरोप लागेपछि आयोजना अन्योलमा परेको थियो ।


नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २० असोस २०७३ मा आह्वान गरेको आशयपत्रमा १२ देशका २२ वटा कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।


अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए ।

प्रतिकृया