जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो : प्रचण्ड
प्रकाशित मिति
२०७९ बैशाख ३० गते, शुक्रबार ०९:३५
dtbfg ub}{ cWoIf bfxfn
lrtjg, #) j}zfvM
g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú e/tk'/ dxfgu/kflnsf– !$ df /x]sf] g]kfn k'ln; :s'n dtbfg s]Gb|df :yfgLo tx lgjf{rgsf] pDd]bjf/nfO{ dtbfg ub}{ . tl:a/M gf/fo0f clwsf/L÷/f;;
३० बैशाख २०७९, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जित र हार स्वभाविक प्रक्रिया भएको बताएका छन्। शुक्रबार बिहानै भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे। ‘स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो’, प्रचण्डले भने। सञ्चारकर्मीको एक जिज्ञासामा उनले जित हार स्वभाविक भएको बताएका छन्। ‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ’, उनले भने, ‘यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो।’







प्रतिकृया