• २० असोज २०८३, मंगलबार
  • ५ः४० बेलुका

मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०९:५५

३० वैशाख २०७९, काठमाडौँ : बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

प्रतिकृया