• ४ साउन २०८३, सोमबार
  • ७:४० बेलुका

एनएमबी बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०१:०५

२१ बैशाख २०७९, काठमाण्डौं : एनएमबी बैंकले बुधबारदेखि ‘एनएमबी उर्जा ऋणपत्र २०९३र९४ जारी गरेको छ । बैंकले १५ वर्षे अवधिका लागि बुधबारदेखि प्रतिइकाई १ हजार रुपैयाँ दरका ३५ लाख इकाई बराबर कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गरेको हो ।


कुल जारी ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २१ लाख इकाई बैंकले आफैंले अन्य संघ–संस्थालाई बिक्री गर्नेछ भने १४ लाख इकाईमध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको इकाई सर्वसाधारणका लागि बिक्री हुने छ ।

Kamana Sewa

१५ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताहरूले वार्षिक ४ प्रतिशत व्याजदर प्राप्त गर्न सक्नेछन् । इच्छुक लगानीकर्ता वा ऋणपत्र खरिदकर्ताले वैशाख २५ गतेभित्र ऋणपत्र खरिदका लागि दरखास्त दिइसक्नुपर्नेछ । यद्यपि, तोकिएको अवधिमा ऋणपत्र बिक्री नभएमा जेठ ४ गतेसम्मका लागि बिक्री खुल्ला जारी राखिने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्मका लागि माग आवेदन दिन सक्नेछन् ।

Classic Tech Desktop

कम्पनीको ऊर्जा ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिकृया