• ५ साउन २०८३, मंगलबार
  • ८:५७ बिहान

नेपाल जिम्बाब्वे ए विरुद्ध फिल्डिङ गर्दै

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०१:१६

२१ बैशाख २०७९, काठमाण्डौं : टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपालले जिम्बाब्वे ए विरुद्ध फिल्डिङ गर्ने भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार हुने खेलमा टस जितेसँगै नेपालले फिल्डिङ रोजेको हो ।


आज नेपाल आफ्नो पहिलो जितको खोजीमा रहेको छ । सिरिजअन्तर्गतको आइतबार पहिलो खेलमा नेपाल जीम्बाब्वे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार भएको खेल भने निरन्तर वर्षाका कारण रद्द भएको थियो ।

Kamana Sewa

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

Classic Tech Desktop

तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रतिकृया