• १५ असोज २०८३, बिहीबार
  • २ः४८ राती

नेपालले जिम्बावे‘ए’ लाई दियो १८२ रनको लक्ष्य

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०३:०६

१८ बैशाख २०७९, काठमाण्डौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ लाई टी–ट्वान्टी अभ्यास सिरिजको पहिलो खेलमा १८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।

National Life

रोहित कुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए। आरिफ शेख भने २ रनमै आउट भए। करण केसी ४ रनमा नटआउट रहे। बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १–१ विकेट लिए।


आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने नेपालको योजना छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग(२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।

प्रतिकृया