• १५ असोज २०८३, बिहीबार
  • ३ः२४ राती

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०२:४६

१८ बैशाख २०७९, काठमाण्डौं : सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो । यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन् ।

National Life

सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् ।


केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए । उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया