• १५ असोज २०८३, बिहीबार
  • २ः१५ राती

आईपीएल : राजस्थानले कोलकत्तामाथि ७ रनको जित दर्ता

प्रकाशित मिति

२०७९ बैशाख ६ गते, मंगलवार ०६:१५

६ बैशाख २०७९, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो ।

National Life

सुरुमा ब्याटिङ गरेको राजस्थानले दिएको २ सय १८ रनको विशाल लक्ष्य भेट्न नसक्दा कोलकत्ता पराजित भएको हो । कोलकत्ता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रनमा समेटियो । कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८, उमेश यादवले २१ रन बनाउँदा नितिश रानाले १८ रन जोडे ।


राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए । ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले एकएक विकेट लिए ।

Classic Tech Mobile
Classic Tech Desktop

राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले । सन्जु सामसन ३८, शिम्रन हिटमायर २६ रन रनमा समेटिँदा देबदुत पडिकलले २४ रन बनाए । कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । यो जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसले आठ खेलमा समान आठ अंक जोडेको हो । छैटौं स्थानको कोलकत्ताले ७ खेलमा ६ अंक बनाएको छ ।

प्रतिकृया