फ्रेन्च लिगको उपाधि ११औँ पटक पीएसजीलाई
प्रकाशित मिति
२०७९ बैशाख ५ गते, सोमबार ०७:३७
५ बैशाख २०७९, काठमाडौँ : दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ११औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।

शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जितेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ ।
खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्यो । पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि रक्षा गर्न सफल भयो । योसँगै यसै सिजन बार्सिलोनाबाट फ्रान्स झरेका स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च लिगको पहिलो उपाधि हात पारेका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया