स्याङ्जामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार १२:२९

४ बैशाख २०७९, काठमाडौं : स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना भएको छ । स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार सो दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
ग १ ज ७३९९ नम्बरको जिप डाँडाखर्कबाट वालिङ बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनामा परेर जिप चालक ५५ वर्षीय दिलबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारु र ३५ वर्षका योगेन्द्र थापा घाइते भएका छन् र उनीहरुको अवस्था गम्भिर रहेको बताएएको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।
१८ वर्षीया नबिना सारु र १९ वर्षीया लक्ष्मी डालाको भने अवस्था मध्यम छ ।
प्रतिकृया