• २० असोज २०८३, मंगलबार
  • १२ः२२ दिउँसो

यात्रुबाहक बस पुलबाट खस्दा ४ जनाको मृत्यु, ३२ घाइते

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०१:४२

१३ चैत २०७८, काठमाडौं : सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

National Life

आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

प्रतिकृया