• ११:०५ २०८१ बैशाख ४ गते
  • 11:05 am

चार महिनाको तलब फाइन तिरेर ब्यवसाय सिकेको हुँ, ब्यवसाय गर्न आर्थिक क्षमता मात्र भएर हुँदैन, आँट र कडा मिहेनत चाहिन्छ : व्यवसायि चौलागाँइ

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०५:३३

1 5 e1648122905585

गोमा सुनार,

सतीस अधिकारीफोटो भिडियो

१० चैत २०७८, काठमाडौं : अठार सय तलब हुँदा सात हजार फाइन तिर्न परेको त्यो क्षेण सहज त कहाँ थियो र ? तर त्यो घटना नै मेरो जीवनको टर्निङ पोइन्ट बनिदियो। भर्खर भर्खर काम सिक्दै गर्दा काम बिगारेकै कारण करिब ४ महिनाको तलब एकैपटक कम्पनीलाई जरिवाना तिर्न परेको त्यो क्षेण अहिले पनि मेरो आँखा वरिपरी घुमिरहन्छन् । आफैँ काम गर्दै अनि पढ्दै गरेर जिबिका चलाउन परिरहेको समयमा ७ हजार जरिवाना तिर्नु मेरो लागि सानो समस्या थिएन , नरेस चौलागाईले मलिन अनुहारसहित बिगतलाई कोट्ट्याए । त्यतिबेला तिरेको जरिवानालाई उनी काम बिगारेको सजायको रुपमा भन्दा पनि यसैले ब्यवसाय गर्न प्रेरित गरेकाले जीवनमा नयाँ पाइला चाल्न मूल्य चुकाएको सम्झिन्छन् ।


मान्छे आफ्नो कलिलो उमेरमा काम भन्दा पनि साथी भाईहरुसगँ घुम्न अनि रमाएर हिड्नमा बढी लगाब देखाउँछन । तर अपबाद हुन नरेस चौलागाई जो आफ्नो पढाइको साथ साथै कामलाई पनि निरन्तरता दिएर आफ्नो विद्यार्थी जीवनमा भोक तिर्खा नभनि संघर्षका साथ आज एउटा सफल व्यवसायि बन्न सकेका छन् । आफ्नो सङघर्षपूर्ण जीवनलाई लिएर धेरै युवाहरुले प्रेरणा लिन सक्ने उनी बताउँछन् । ३९ वसन्त पार गरिसकेका चौलागाई १७ वर्षको उमेर देखि नै आफ्नो पढाई र कामलाई निरन्तरता दिँदै सफल भएका हुन् । अनेकौं दुःख भोगेर पनि जीवनलाई सुन्दर अनि अर्थपूर्ण बनाउने विश्वास राखेका उनी काभ्रेपलान्चोकमा जन्म भएर काठमाण्डौं बसी आफ्नो सङघर्षपूर्ण दिनहरु बिताएका थिए ।



कलिलो उमेर देखि नै संङघर्षको जीवन जिउन थालेका उनले १७ वर्षको उमेरमा कलेज पढ्दै र्फनिचर तथा र्फनिसिङ सम्बन्धित पसलमा काम गरेर आफनो सुनौलो भविष्यको सुरुवात गरेका थिए । आज भन्दा २२ वर्ष अगाडि एउटा मात्र पूरानो पसल थियो जुन पसलमा २०५६ सालबाट जागिरको सुरु गरेका थिए । काम गरे बापत महिनाको १८ सय तलब स्वरुप आँउथ्यो । त्यो समयमा १८ सयले दैनिक जीवन मुस्किलले चलाउन परेको उनी बताउँछन् । सुरु सुरुमा काम गर्दै पढाईलाई पनि निरन्तरता दिन एकदम गार्हो भएपनि चौलागाँइले हार नमानि अहिले सङघर्ष गर्नसकेमा पछिको भविष्य राम्रो हुने विश्वासका साथ जीवनको पाइला अघि बढाएका थिए । जति बाधा मुस्किल आएपनि आफ्नो विचारलाई डगमगाउन नदिएकै कारण आज उनी एउटा सफल व्यावसायिकको रुपमा चिनिएका छन् ।

23

जीवन भनेको नै एउटा सङघर्षको पाटो हो भन्ने धारणा राखेका चौलागाँई धेरै कठिन अवस्थाहरुलाई पार गरेर यहाँसम्म आइपुगेको बताउँछन् । काम अनि पढाईलाई एकै साथ लैजान त कहाँ सजिलो थियो र ? तर पनि हार नमानि बिहान बेलुकाको खानालाई एकै पटकमा बनाएर खाएको उनी सुनाउँछन् । सानै उमेरबाट आफ्नो घर परिवारबाट टाढा बसेर परिवरको मायाबाट वञ्चित भएर अर्काको ठाउँमा बसेका चौलागाईको जीवन एकदमै कठिनपूर्ण रहेको थियो ।

10 1

जीवन अनि मृत्यु एउटा प्रकृतिक प्रक्रिया हो जसलाई भगवानले पनि परिवर्तन गर्न सक्दैनन् । हरेक मानिस यो धर्तिमा जन्म लिन्छन र भगवानले केहि गरोस् भनेर नै यो धर्तीमा पठाएका हुन् भन्ने कुरामा विश्वास राख्ने उनी आफ्नो भविष्यको बारेका चिन्तित हुन थाले । मैले केहि पनि गर्न सकिन भने मेरो जन्मको केहि पनि अर्थ हुँदैन भन्ने सोचेर आफैँले नै केहि गर्ने विचार बनाएको उनी सुनाउँछन् । उनले काम गर्दा गर्दै आफ्नै बिज्नेस सुरु गर्ने योजना बनाएका थिए । भविष्यमा गएर व्यवसाय नै गर्नुपर्छ भन्ने विचार भएका उनी उच्च अपेक्क्षा राख्ने प्रकृतिका मान्छे थिए । काम गर्दा गर्दै एक किसिमको लडाई लडेका उनी रातभरि नसुति योजना बनाउँथे र कसरी कार्यनवयन गर्ने भन्ने कुरामा बढि ध्यान दिँदै अरुले कसरी गरेका छन् अरुबाट प्रेरित भएर आफ्नो व्यावसायिक पाइला अगाडि बढाउने निर्णय गरेको उनी बताउँछन ।


12

सानै उमेरमा पनि कठिन जीवनलाई पार गर्दै आएका उनी आफ्नो भविष्य प्रति चिन्तित हुँदै कसरी व्यावसाय सुरु गर्ने कहाँबाट सुरु गर्ने भन्ने तर्फ लागेका थिए । त्यसैअनुरुप जहाँ कार्यरत थिए त्याहीँबाट नै सवै अनुभब बटुल्न सुरु गरे । लगनशील र इमान्दार भएर नै उनले सवै अनुभव पनि बटुलेका बताउँछन । त्यसलगतै उनी आफ्नै व्यावसाय सुरु गर्नतिर लागे । त्यति बेलाको समयमा उनीसगँ मात्र २ लाख ५० हजार थियो । पसल सुरु गर्नको लागि सबै व्यवस्था मिलाउन लगभग १३ १४ लाखको अनुमान लगाएका थिए तर उनीसगँ भएको पैसाले त २० प्रतिशत पनि सामन किन्न नपुग्ने भएको थियो । तर पनि उनले हार मानेनन् र व्यावसाय जसरी पनि सुरु गर्ने उद्देश्यका साथ ११ लाख पैसा सहकारीबाट रिण लिएर २०६६ सालदेखि आफ्नो व्यावसायिक पाइला अगाडि बढाए । उनले पुरानो वानेश्वरस्थित बत्तीसपुतलीमा एउटा पसल (Zoom The Furnishing Center) नाम राखेर खोलेका थिए । सुरुवातका दिनहरुमा आफुले नै ग्राहकहरुलाई फोन गरेर बोलाएर नै आफ्नो पसलको बारेमा जानकारी दिने गर्थे । विस्तारै विस्तारै ग्राहकहरुको साथ र मायाँ मिल्दै गयो एक दुई ग्राहकहरु आए पछि उनीहरुले नै अरु ग्राहकहरु लिएर आउने गरेका चौलागाई बताउँछन् । आफुले राम्रो गुणस्तरको सामानहरु दिएकै कारण ग्राहकहरुले नै ग्राहकहरु लिएर आउने गरेका दाबी गर्छन् चौलागाई ।


ग्राहकहरु भनेको भगवान सरह हुन्छन भन्ने मान्यता भएका उनी ग्राहकको नजिक भएर काम गर्छन् । उनको काम गर्ने तरिका अरुको भन्दा धेरै फरक भएको बताउँछन । ग्रहकले खोजेको कुरा दिने धेरै वर्ष काम गरेको अनुभव उनीसगँ भएकै कारण कस्तो ग्राहकले कस्तो सामन खोजेका हुन्छन् भन्ने थाहा पाउँथे । ग्राहकलाई त जसरी पनि चित्त बुझाइएला तर घरमा मान्छे आउँदा आहा कति राम्रो हो कहाँबाट डिजाइन गरेको भन्ने कुरामा रिफ्रेन्स आउने तरिकाले काम गरेका उनी बताउँछन् ।


ग्राहकले घर कसरी सजाउदा राम्रो हुन्छ भन्ने कुरा सोधेपछि दिन रात नभनि निःशुल्क सेवा दिने गरेको उनी बताउँछन् । । त्यति मात्र नभएर निःशुल्क होम डेलिभरीको पनि व्यावस्था रहेको उनको दाबी छ। चौलागाईको पसलमा विभिन्न थरीका होम डेकोरेसनको सामनहरु होलसेल तथा खुद्रा विक्री हुने गरेको छ । उनले हाल फेरि नयाँ ठाउँ चक्रपथस्थित महाराजगंज बाँसबारी काठमाण्डौंमा प्रधान कार्यलयको रुपमा पसल खोलेका छन् । पुरानो वानेश्वरमा रहेको पसल यसको शाखा भएको चौलागाई बताउँछन ।


18

उनको पसलमा सेवाग्राहीहरुका लागि घर तथा अफिसमा आवश्यक सम्पूर्ण किसिमका डेकोरेसनका सामनहरु पाउनु साथै निःशुल्क होम डेलिभरिको पनि व्यावस्था रहेको छ । उनको पसलमा सम्पूर्ण र्फनिचर तथा र्फनिसिङको सामनहरु जस्तैः पार्केटिङ, विभिन्न थरीका सोफा, र्कापेट, पर्दा, गलौँचा, अफिस प्रयोगका लागि रिभल्भिङ चियर, टेबल, दराज, रयाक, विभिन्न भेराइटीको डोर म्याट ,रोल्लर पर्दा, पपकोर्न र टि–टेबल पाइन्छ ।


चौलागाईको पसलमा टि।भि दराज, थरी थरीका बेडहरु, बेड सिट तथा बेड कभर, फाइबर सिरक, कुसन तथा पिलो पाइन्छन् । चौलागाईले सो सामानहरु स्थापनाकालदेखि नै ग्राहकहरुका लागि विशेष छुटका साथ सेवा दिदै आइरहेका छन् ।


व्यापार व्यवसाय गर्न आर्थिक क्षमता मात्र नभएर आँट, हिम्मत र प्रतिवद्धता पनि चाहिन्छ भन्ने उदाहरण बनेका उनी आर्थिक अभावका कारण विदेशिने सोच राखेका युवाहरुका लागि पे्ररणाको स्रोत हुन् ।


26 1

प्रतिकृया