• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश ,नावालिका बलात्कार मुद्दा अब उच्चले टुङ्ग्याउने

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०७:३९

१० चैत २०७८, काठमाडौं : उमेर नपुगेकी गायिकालाई वर्षौंसम्म ठाउँ फेरि फेरि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पुर्पक्षको निम्ति कारागार पठाउने आदेश भएको छ । आज तनहुँ जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाबाट भएको आदेशमा उक्त व्यहोरा उल्लेख छ ।


शाहविरुध्दको मुद्दामा भएको थुनछेक बहस आजै अपरान्ह सकिएको हो । जिल्ला अदालत तनहुँमा शाहका १२ जना कानुन व्यवसायीले बहस गरेका थिए । मतियारका रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीका कानुन व्यवसायीहरुले गरेको थुनछेक बहस पनि आजै सकिएर उनीसङ्ग १ लाख धरौटी मागिएको छ ।

Kamana Sewa

हिजो पीडित पक्षका नौ जना वकिलले बहस गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुध्द १४ वर्ष कैद सजाय माग गरेको थियो । म्युजिक भिडियो छायांकनको क्रममा आफूलाई शाहले पटक पटक बलात्कार गरेको बताउँदै किशोरीले अघिल्लो महिना प्रहरी प्रशासन गुहारेकी हुन् ।

Classic Tech Desktop

किशोरी दुई महिनाअघि कास्की जिल्ला प्रहरी कार्यालय,पोखरामा शाहले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै कानुुनी उपचारको निम्ति पुगेकी थिइन् । उनको सबै कुरो सुनेपछि प्रहरीले पनि कानुनी व्यवस्थाबारे आवश्यक जानकारी गराएर केही महिनाअघि त्यहाँबाट फिर्ता पठाएको थियो ।


त्यतिबेला पोखरामा प्रहरीले बलात्कार भएका घटनास्थलको बारेमा समन्वय गर्ने हो भने त्यो पनि गर्न सकिन्छ भनेर आश्वस्त तुल्याएको थियो । त्यहि क्रममा कास्की प्रहरीले आफ्ना कर्मचारीको साथ लगाएर तनहुँ प्रहरीसँग समन्वय गरी पछि त्यहाँ पठाएको हो ।


त्यतिबेला पनि उनी निवेदन दर्ता नगरी फर्किएको र भोलिपल्ट अकस्मात जिल्ला प्रहरी कार्यालय,दमौलीमा उजुरी लिएर गएकी थिइन् । किशोरी आफ्ना पिताको साथमा कास्की प्रहरी पुगेकी हुन् ।


सोही क्रममा प्रहरीले उनीहरुबीच भएको वार्तालापको ‘अडियो कन्भरसेसन’ पनि फेला पारेको थियोे । बलात्कृत किशोरीले प्रहरीसँग शाहले आफूलाई जबर्जस्ती गरेको घर,कोठा,मिति,समय र पटक सबै बताएकी थिइन् ।


तनहुँपछि उनले नवलपुर (पूूर्वी नवलपरासी) जिल्ला प्रहरी कार्यालयमा पनि त्यस्तै प्रकृतिको उजुरी दर्ता गरेपछि शाहलाई केही दिन त्यहाँ लगेर बयान लिइएको थियो । त्यता पनि पलविरुद्ध मुद्दा दायर हुन लागेको छ ।

प्रतिकृया