• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन, ओलीले ७५३ वटै कमिटीसँग भर्चुअल संवाद गर्ने

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०७:५२

१० चैत्र २०७८, काठमाडौँ : नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न कार्यदल गठन गरेको छ । बिहीबार काठमाडौँमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने छ ।


त्यस्तै घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। त्यसअघि घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते ७६३ वटै पालिकाका कमिटीका प्रतिनिधिहरूसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने तय भएको उनले बताए । त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

Kamana Sewa

एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको रिजालले बताए। आगमी निर्वाचनका लागि कार्यक्रम गर्दा बढीमा ५ जनामात्र अतिथि राख्ने र ५ जनासम्मको मात्र भाषण राखिने पनि तय भएको उनले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका थिए। गठबन्धनको भयबाट मुक्त भए चुनावमा जान ओलीले निर्देशन दिएका प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया