• १५ असोज २०८३, बिहीबार
  • १२ः५५ राती

राज्यले खेल क्षेत्रमा पर्याप्त लगानीे गरेको छैन : खेलकुद मन्त्री गहतराज

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०४:२४

गोमा सुनार, ७ चैत २०७८, काठमाडौं : खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राज्यले खेल क्षेत्रमा पर्याप्त लगानीे नगरेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकत्सव तथा प्रशासनिक भावन उद्घाटन कायक्रममा बाल्ने क्रममा उनले आज सोमबार खेल क्षेत्रको लगानी दर्दनाक र दयानीय रहेको भन्दै सो अभिब्यक्ति दिएका हुन् ।

National Life

खेलकुद क्षेत्रलाई हाम्रो राष्ट्रको गौरब र स्वास्थ्यको रुपमा लिएका छौँ तर खेल क्षेत्रको लगानी हेर्यो भने दर्दनाक र दयालाग्दो छ , उनले भने । खेलकुद मन्त्रालय अन्तर्गत ४ ओटा निकाय कार्यलय सहयोग देखि प्राप्त गर्ने सेवा सुविधा त्यहीबाट प्राप्त हुने गरी कुल ०.१६ प्रतिशत ओगटेको छ जसबाट खेल क्षेत्रको विकास गर्न सकिएलात ? भन्ने मन्त्रीले प्रश्न गर्दै राज्यले नै खेलकुद क्षेत्रमा पर्याप्त लगानी नगरेको कार्यक्रम मार्फत जनाए । ५ करोडमा तयार हुने एउटा पूर्वधारको लागि ५ लाख छुट्याउछौं अथवा १० लाख त्यस पछि बजेट फ्रिज भयो कार्य क्षमता भएना भन्ने प्रश्न खडा गरिदिन्छौं यो जस्तो अवैज्ञानिक के हुन सक्छ भन्दै मन्त्री गहतराजले गुनासो गरेका छन् ।


उनका अनुसार नबैँउ राष्ट्रिय खेलकुद प्रतियोगिता र त्यस सम्बन्धि कार्यनिती तयार भइसकेको छ । नयाँ बजेट ल्याउने समयसम्म जेठ १५ अगाबै राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नुपर्छ कि भन्ने मानसिक रुपले तयार भएका छै । त्यस पछि ओलमपिकमा पटक पटक बैठक बसेर एसियन गेमको तयारिमा पनि केन्द्रित गर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

खेलाडीहरु विद्यार्थीबाटै आउने र विद्यार्थीहरुको वार्षिक परीक्षाको समय रहेकाले यसलाई कसरी ब्यावस्थापन गर्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफदल गरिरहेको मन्त्री गहतराजले जनाए ।


उनले खेल संचालन गर्न आवश्यक बजेटको नियमअनुसारक सहयोग गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिबलाई तत्काल सहयोग गर्न आग्रह गरिसकेको जिकीर गरे ।


विश्वका विभिन्न विकशित देशहरुले यसलाई उधोगको रुपमा लिएका मन्त्रीको भनाइ छ । यो आर्थिक चलायमान तथा गतिविधिको क्षेत्र हो भन्ने कुरालाई स्थापित गर्नुपर्ने आवश्वयक रहेको मन्त्रीले प्रष्ट पारे ।

प्रतिकृया