• 2:56 pm

रुपन्देही सुपरलिग क्रिकेट : एमसीसी १२५ रनले विजयी

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०४:१४

७ चैत २०७८, काठमाडौं : नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसी विजयी भएको छ । सुपर फोरअन्तर्गतको तेस्रो खेलमा एमसीसीले बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फाराकिलो अन्तरले पराजित गरेको हो ।


भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती व्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नौ विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । जसका लागि विजय प्रजापति एक्लैले सार्वधिक एक सय ६ रनको योग्दान गरे ।


सोमबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याचबाट पुरस्कृत भए । शनिबारबाट सुरु भएको सुपर फोर प्रतियोगितामा रुपन्देहीका चार टिम डिभिजन ए बाट उक्लेर प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिकृया