• १५ असोज २०८३, बिहीबार
  • १२ः५४ राती

लिभरपुल एफए कपको सेमिफाइनलमा, सिटीको सामना गर्ने

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०७:५६

७ चैत्र २०७८, एजेन्सी : लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब नटिङघम फरेस्टलाई १–० गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

National Life

नटिङघम फरेस्टको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले निर्णायक गोल गरे । पहिलो हाफमा गोल रहित बारबारी खेलेको लिभरपुलका लागि जोटाले खेलको ७८ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।


लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले साउटह्याप्टनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यता अर्को सेमिफाइनल खेलमा चेल्सीले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया