• १५ असोज २०८३, बिहीबार
  • १ः३१ राती

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०८:१२

७ चैत्र २०७८, काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले हाल प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

National Life

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

प्रतिकृया