• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

नेकपा एमालेसँग गठबन्धन हुने-नहुने नेपाली कांग्रेसको व्यवहारमा भर पर्छ : प्रचण्ड

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार १२:०३

३ चैत २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुनेरनहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन् । आज बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सो अभिब्यक्ति दिएक हुन् ।

National Life

उनले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको समेत प्रश्ट पारेका छन्। आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’


केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको भन्दै उनले भने, ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’ तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले त्यो (एमालेसँग तालमेल गर्ने) परिस्थिति आउला भन्ने देखेको छैन ।’

Classic Tech Desktop

प्रतिकृया