• १५ असोज २०८३, बिहीबार
  • २ः०६ राती

लिभरपुलले आर्सनललाई हरायो, टोटनहमसँग ब्राइटनको हार

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०८:१४

३ चैत्र २०७८, काठमाडौँ : इंग्लिस प्रिमियर लिग दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २-० अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिँदै गएको हो।

National Life

लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक-एक गोल गरे । जितसंगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ । हारसंगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ ।


गए राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २-० अन्तरले पराजित गर्यो । टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक-एक गोल गरे । जितसंगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंक सहित ब्राइटन १३ औं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया