• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०१:३७

२ चैत २०७८, काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) ले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरूको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ल्याएको जानकारी दिएको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा हो ।


मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ । यो योजनामा बीमा अवधि समाप्तीपश्चात पनि जोखिम वहन गर्नुका साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सकिने विशेषता रहेको कम्पनीको दाबी छ ।

Kamana Sewa

प्रतिकृया