• 4:00 pm

मृत्युको खतरा कम गर्न हिँडडुल जरुरी

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०१:०६

२९ फागुन २०७८, काठमाडौँ : हामी सबैलाई थाहा भएकै कुरा हो पैदल हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भनेर। यो एक किसिमको व्यायाम हो, जुन कुनै पनि मानिस सजिलै गर्न सक्छ । आजको व्यस्त जीवनशैलीको कारण विशेषज्ञहरु यताउती घुम्ने विषयमा बढी जोड दिन्छन् । यसबाट हाम्रो शारीरिक र मानसिक स्वास्थ्य दुवै राम्रो हुन्छ । हालैको एक अनुसन्धानका अनुसार यसबाट मृत्युको खतरा पनि कम हुन्छ।


५० हजार मानिसमा भएको थियो अनुसन्धान

यो अनुसन्धान अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्सका वैज्ञानिकहरुले गरेका हुन् । यसलाई लानसेन्ट पब्लिक हेल्थ जर्नलमा प्रकाशित गरिएको हो । ५० हजार मानिसलाई ४ समूहमा विभाजन गरेर अनुसन्धान गरिएको थियो । पहिलो समूह औसत ३५०० पाइला, दोस्रो समूह ५८०० पाइला, तेस्रो समूह ७८०० र चौथो समूहमा १०९०० पाइला हिंड्ने मानिसहरु थिए । अनुसन्धानकर्मीका अनुसार जुन समूह सर्वाधिक सक्रिय रहे उनीहरुमा मृत्युको जोखिम ४० देखि ५३ प्रतिशतसम्म कम भएको थियो ।


हिँड्ने गतिले अर्थ राख्दै

यदि ६० वर्ष भन्दा कम उमेरका मानिस ८ देखि १० हजार कदम र ६० वर्ष भन्दा बढी उमेरका मानिस ६ देखि ८ हजार कदम हिँड्छन् भने उनीहरुलाई त्यत्तिकै फाइदा हुन्छ । युनिभर्सिटी अफ मासाचुसेट्स एमहस्र्ट फिजिकल एक्टिभिटी इमिडेमियोलोजिस्ट अमांडा पालुचले अनुसन्धानको अनुसारयसको अर्थ छिटो वा विस्तारै हिँड्नु भन्दा पनि पाइलाको संख्या हो । तपाई दैनिक जत्तिको छिटो हिँड्नु हुन्छ मृत्युको खतरा पनि त्यत्तिकै कम हुने गर्दछ ।

प्रतिकृया