उदयपुर सिमेन्ट उद्योगद्वारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरण
प्रकाशित मिति
२०७८ फाल्गुन २९ गते, आईतवार ०१:१६

२९ फागुन २०७८, काठमाडौंं : उदयपुर सिमेण्ट उद्योग लि. जलजलेको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकी उदयपुरलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरण गरीएको छ । एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरणको समुद्वघाटन कार्यक्रम शनिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे हो । ।
उद्योगले स्थानीयबासी र उद्योगका कर्मचारीहरुमा आइपर्ने स्वास्थ्यसमस्यालाई मध्यनजर गरी सवैलाई पायक पर्ने स्थानको स्वास्थ्य चौकीको प्रयोगशाला स्तरोन्नति गर्न जुटेको बताएको छ । उपचारमा उद्योगमा रहेको क्लिनिकले आकस्मिक सेवा बाहेक त्यति धेरै प्रभावकारी काम गर्न नसकेको परिस्थितिमा उद्योगका कर्मचारी तथा स्थानीय बासिन्दाहरुलाई सहज हुनेगरी कम्तिमा लिपिड प्रोफाइल सम्मको प्रयोगशाला स्थापना गर्न जरुरी देखि उद्योग परिसरको सबैभन्दा नजिक रहेको र सबै वडाहरुलाई समेत पायक पर्ने केन्द्रमा रहेको देउरी स्वास्थ्य चौकीको प्रयोगशाला स्तरोन्नति गर्नको लागि मेसिनहरु जडान गरि शनिबारदेखि औपचारिक रुपमा ल्याबको उद्घाटन भएको बताइएको छ । यसबाट सस्तो सरकारी दररेटमा यस भेगका बासिन्दा तथा हाम्रा कर्मचारीहरुले लाभ लिने विश्वास उद्योगको छ ।
उद्योगमा एउटा मात्र एम्बुलेन्स भएको त्यो पनि जीर्ण अवस्थामा रहेकोले एउटा नयाँ महेन्द्राको बलेरो एम्बुलेन्स पनि हिजो शनिबारदेखि संचालन हुनेगरी उद्योगले मेयरमार्फत देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । उद्योगको आर्थिक अवस्था उत्कृष्ट नभएपनि उद्योगले समाजप्रतिको दायित्त्व बोध गरेर थोरै उद्योगको तर्फबाट र धेरै उद्योगसंग प्रत्यक्ष रुपमा सहकार्य गरिरहेका सगरमाथा इन्स्योरेन्स, माछापुच्छ्रे बैंक लगायत विभिन्न संघरसंस्थाहरु मार्फत आधुनिक प्रयोगशाला स्थापना गर्न र एम्बुलेन्स हस्तान्तरण गर्न सफल भएको उद्योगका प्रबक्ता लक्ष्मण पोखरेलले बताएका छन् ।
उदयपुर सिमेण्ट उद्योग मार्फत स्वास्थ्य चौकी देउरीका व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको एम्बुलेन्स तथा प्रयोगशालाका लागि सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट रु १५ लाख, माछापुच्छ्रे बैक लि. को तर्फबाट रु. ५लाख ६५ हजार र अन्य संघरसंस्थाहरूको तर्फबाट गरि कुल रु. ३० लाखको लगानी रहेको यद्योगले जनाएके छ । सो पुनित कार्यलाई प्रोत्साहन गर्न नेपाल सरकार, स्वास्थ्य सेवा बिभागले एक थान अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको उल्लेख गर्दै उद्योगले यसको लागि स्वास्थ्य सेवा बिभागका डा दिपेन्द्र रमण सिंहलाई धन्यवाद ज्ञापन समेत ब्यक्त गरेका छन् ।
त्यस्तै, एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको ब्यवस्थापन देउरी स्वास्थ्य चौकि आफैले गर्ने गरी आ. ब. २०७८र७९ को स्वीकृत बजेटबाट उदयपुर सिमेन्ट उद्योग लि. को तर्फबाट रु. ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
आगामी दिनमा एउटा एक्सरे मेसिन समेत राख्न सक्नेगरी ल्याबको भौतिक निर्माण गरिएको बताइएको छ । करीब २५ लाख पर्ने एक्सरे मेसिन समेत जडान गर्न सके त्रियुगा नगरपालिकाको निर्णयानुसार १५ शैयाको अस्पताल स्थापना गरी एक नमुना अस्पताल बनाउन सकिने अपेक्षा उद्योगले राखेको छ । यद्यपी यसका लागि सवै सरोकारवालाहरुको सहयोग अपरिहार्य हुने उद्योगले बताएके छ ।
आगामी दिनमा यो भन्दा पनि अझ विकट रहेको खानी क्षेत्र रहेको त्रियुगा वडा नं. १६ स्थित स्वास्थ्य चौकी तथा रौतामाई गाँउपालिकाको मुर्कुचे तर्फ ध्यान दिनपर्ने आवश्यक्ताको पनि उद्योगले उजागर गरेको छ । उद्योगले सबै मिलेर राज्यको पहिलो प्राथमिकतामा रहेको आम नागरिकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य पूरा गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्दै जाने कुराको प्ररिवद्वता जाहेर समेत गरेको छ ।

उद्योगका कर्मचारीहरु काम गर्ने स्थान र क्वाटर तथा उद्योगका नजिकका वडाहरु मुलतः ४, ५, ६, ७, ८, १० र १६ समेतका बासिन्दालाई उद्योगबाट निस्कने धुलो धुवाँबाट बचाउन EP System जडान गरि सूरक्षित गर्ने कोसिस गरिरहेकोे समेत उद्योगको दाबी छ ।
नेपालको राष्ट्रिय गौरवको रुपमा २०४४ सालमा जापान सरकारको सहयोगबाट नेपाल सरकारको पूर्ण स्वामित्व रहनेगरी स्थापना भएको यस उद्योगले २०४९ सालदेखि ब्यापारिक उत्पादन शुरु गरेको हो।
उद्योगका अनुसार उदयपुर सिमेन्ट उद्योग यस क्षेत्रमा अवस्थित हुनाले स्थापना कालदेखिनै यहाँका बासिन्दाहरुले सडक र बिद्युतको उपभोग गर्न पाएका छन् । उद्योगकै कारणले प्रत्यक्षरपरोक्ष रुपमा ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारको वातावरण सृजना भएको छ । उद्योगको कारण वरिपरिका वासिन्दाको कृषि उपज खपत भइ आर्थिक उपार्जनको श्रोत बनेको छ । त्यसैगरी मूल्य अभिवृद्वि कर, अन्तस्शुल्क, अग्रिम कर, रोयल्टी लगायतका करहरु तथा विद्युत महसुल बापत झण्डै अर्वको हाराहारीमा बुझाउँदै आएको छ।
प्रतिष्ठानले लाभलाई मात्र एकल अभीष्ट नठानेर समाज र वातावरणको प्रवर्द्धनमा पनि योगदान पुर्याउनुपर्छ भन्ने मान्यतालाई संस्थागत अघि बढाएको छ । उद्योगबाट निस्कने धुलो, धुवाँको कारण प्रभावित रहेका त्रियुगा नगरपालिका वडा नं. ४, ५,६,७, ८, १० र १६ का बासिन्दाहरुको स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका लागि नगरपालिका मार्फत प्रति बोरा रु. २ र ५० को दरले बर्सेनि लगभग ५० लाखको हाराहारीमा श्रोत जुटाइरहेको र यस आर्थिक वर्ष देखि सो रकमलाई प्रभावित वडाहरुमा नगरले बजेट वितरण गरेको भन्ने सुनिएको भन्दै उद्योगले यसका लागि मेयरलगायत सम्पूर्ण कार्यकारी परिषद्लाई हार्दिक धन्यवाद समेत ब्यक्त गरेको छ ।

उद्योगका अनुसार कोभिड कहरको दोस्रो लहरमा देउरी स्वास्थ्य चौकी र सुकौरा स्वास्थ्य चौकीमा उद्योगले अक्सिजन ग्यांसको व्यवस्थापन गरिदिएको थियो । नगरपालिका, बिद्युत प्राधिकरण लगायतलाई लोडर, स्काभेक्टर, ड्रमट्रक लगायतका साधनहरु समयसमयमा उपलब्ध गराउदै आएका रव्यक्तिगत रुपमा निश्चित सहुलियत शुल्क लिएर नागरिकहरुलाई एम्वुलेन्स सेवा पनि दिईरहेको उद्योगले जनाको छ ।
महाप्रबन्धकको रुपमा २०७७ माघ १ गते श्री गोपीकृष्ण न्यौपाने प्रवेश गरेपछि उद्योग सुचारु रुपमा संचालन गर्न मुलतः सुशासन, उद्योगको मर्मत संभार, पारदर्शिता तथा ब्यवस्थापन सुधारका क्षेत्रलाई प्रर्थमिकता दिई कार्य सम्पादन गरेकोले यस आर्थिक वर्ष २०७८र७९ को फाल्गुण २७ गते सम्ममा उद्योगले लक्ष्य भन्दा बढी प्रगति हसिल गरेको र गत बर्षको सोही अवधिको भन्दा बढी उत्पादन तथा बिक्री गर्न सफल भएकाे उद्योगको दाबी छ ।
प्रतिकृया