कांग्रेसको सबै जिल्ला कार्यसमितिको बैठक आज
प्रकाशित मिति
२०७८ फाल्गुन २७ गते, शुक्रबार ०१:१३
२७ फागुन २०७८ काठमाडौं : चुनावी प्रचार अभियान सम्पन्न गर्न ७७ वटै जिल्लामा कांग्रेस कार्यसमितिको बैठक आज शुक्रबारका लागि बोलाइएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबारदेखि एक महिनासम्म कांग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान गर्ने पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्नका लागि सबै जिल्ला कार्यसमितिले बैठक बोलाइएको हो ।

पार्टी निर्णय अनुसार अधिकांश नेताहरू तोकिएको जिल्लामा पुगेको पौडेलले बताए । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा कांग्रेसले ७७ केन्द्रीय नेतालाई सबै जिल्लामा खटाएको छ। केन्द्रबाट पठाइएका नेताको सहभागितामा जिल्ला कार्य समितिको बैठक बस्ने भएको हो “उनले भने । ।
केन्द्रले बनाएको कार्यक्रमलाई प्रभावित नहुने गरी जिल्ला र प्रदेशले थप कार्यक्रम गर्नसक्ने कार्यदेश समेत मातहतका संरचनालाई दिइएको छ।

प्रचार अभियानमा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । उनका अनुसार जनताको गुनासो सुन्ने र कांग्रेसले गरेका सुधारका कार्य सुनाउने कार्य अभियानमा हुने छ ।



प्रतिकृया