• 8:57 am

महँगी नियन्त्रण नेपालको नियन्त्रण बाहिर छ : मन्त्री झाँक्री

प्रकाशित मिति

२०७८ फाल्गुन २७ गते, शुक्रबार ०१:२५

२७ फाल्गुन २०७८, काठमाडौं : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महा संघको २३ औं साधारण सभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् ।


‘आजको महँगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दी चैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महँगी बढेको हो,’ उनले बताइन् ।


उनले आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एक पटकमा पाँचवटा आयोजना मात्र दिने गरी कानुन संशोधन गरिएको समेत बताइन् ।


झाँक्रीले नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह पनि गरेकी छिन् ।

प्रतिकृया