बैंकिङ कसुरमा ९ लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
प्रकाशित मिति
२०७८ फाल्गुन २७ गते, शुक्रबार ०१:११

२७ फागुन २०७८, काठमाडौँ : ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मुन्दिप भुजेल हरेका छन् । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।
Related
Recent News
- सभामुख घिमिरे: नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया