भक्तपुरमा ढकतराजु नवीकरण डोर शुरु, पहिलो दिन नै ६० भन्दा बढी व्यवसायीले लिए सेवा
प्रकाशित मिति
२०७८ फाल्गुन २४ गते, मंगलवार १०:२३
२४ फाल्गुन २०७८, भक्तपुर :भक्तपुर नगरपालिका क्षेत्रमा ढकतराजु नवीकरण तथा दर्ता कार्यसञ्चालन शुरु भएको छ । भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाको समन्वयमा सो कार्य शुरु गरिएकाे हो । यस कार्यका लागि नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटाईएको छ ।
नगरमा आएको टोलीले पहिलो दिन भक्तपुर नगरपालिका-३ वंशगोपालमा बसेर सेवा दिएको छ । पहिलो दिन नै ६० भन्दा बढी व्यवसायीले सेवा लिएको भक्तुपर उद्योग वाणिज्य संघले जनाएको छ। दोस्रो दिन भक्तपुर नगरपालिका ५ सुकुलढोका क्षेत्रबाट पनि ७० व्यवसायीले सेवा प्राप्त गरेको संघले जनाएको छ।

भक्तपुर नगरमा टोली बसे पनि सेवाग्राही नगर बाहिरबाट पनि आएको जनाइएको छ। ढकतराजु खरिद गर्दा रसिद नभएको कारण तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेको कारण धेरै व्यवसायी सेवाबाट बञ्चित हुनुपरेको देखिएको छ।

अहिले नयाँ ढकतराजु खरिद गरेपछि खरिद गरेको ३५ दिनभित्र नेपाल गुणस्तर तथा नापतौल विभागमा दर्ता गरी समयमै नवीकरण गर्नुपर्छ। म्याद नाघेको खण्डमा एक वर्ष कैद तथा १० हजार जरिवाना असुल गर्ने व्यवस्था रहेको छ।




प्रतिकृया