• २४ भदौ २०८३, बुधबार
  • ७ः३२ बेलुका

सोसिडाडविरुद्ध रियल मड्रिडको पुनरागमन जित

प्रकाशित मिति

२०७८ फाल्गुन २२ गते, आईतवार ०६:४५

२२ फागुन २०७८, काठमाडौँ : स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडजिरूद्ध ४(१ अन्तरको पुनरागमन जित निकाल्दा शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ।

National Life

घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औं मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जित सहित सिजनको १९औं जित निकालेको हो। रियलको जितमा इडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले एक-एक गोल गरे। यसअघि सोसिडाडका माइकलले गोल गर्दै अग्रता बनाएका थिए।


जितसंगै रियलले दोस्रो स्थानको सेभियामाथी आठ अंकको अग्रता बनाएको छ। रियलको २७ खेलबाट ६३ अंक छ भने सोसिडाड समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया