• २ असोज २०८३, शुक्रबार
  • ५ः३५ बेलुका

आज २०७८ साल फागुन ४ गते बुधबारको राशिफल

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार ०६:३८

४ फागुन २०७८, काठमाडौँ : ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

National Life

मेष : आजको दिन राम्रो छ। जन्म राशिबाट त्रिकोण अर्थात् नवम तृतीया स्थानमा शुभग्रहणले भ्रमण गर्दै गर्दा दिव्य चक्सु (भित्री आँखा) खुल्ने गर्दछन्। आज पूर्णिमा तिथि परेकाले दूरदृष्टता राख्नेछ। वैदेशिक र राजनीति क्षेत्रबाहेक अरु गुरु योजना बनाउनुहोला। आजको दिन राम्रो रहेको मानिन्छ।


बृष : दिन सामान्य छ। धार्मिक, सामाजिक क्षेत्र यथावत रहे पनि वैदेशिक क्षेत्रमा तपाईंले गरेको श्रम आर्थिक, वैदिक लगानीले राम्रो नतिजा हात लाग्नेछ। धेरै शुभचिन्तकले शुभ चिताइरहनुभएको छ भने आजको कदमले सफलता प्राप्त हुने, लाभ उठाउने योग रहेको छ। राजनीति क्षेत्रमा सम्मान पाउने योग छ।

Classic Tech Mobile
Classic Tech Desktop

मिथुन : दिन सामान्य छ। जुनसुकै क्षेत्रमा अगाडि बढ्दै गर्दा श्री हनुमानको स्मरण, पूजा गरेर मात्र अघि बढ्नुहोला। राजनीति, सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रहरु यथावत रहेपनि धार्मिक क्षेत्रमा रुचि बढ्ने योग छ। तपाईको शिक्षामा जोश जाँगर बढ्नेछ। परीक्षाको तयारीमा हुनुहुन्छ भने आलस्य त्याग्नुहोला।


कर्कट : दिन राम्रो छ। एकादश स्थानमा गुरु वृहस्पति र सूर्य भगवानले भ्रमण गर्दै गर्दा आयस्ताको दृष्टिले निकै राम्रो छ। धन आर्जन मात्र नभइ, विद्या र स्वास्थ्यमा पनि धन प्राप्त हुनेछ। आफन्तहरुबाट ठूलो आशा गर्नुभन्दा पनि स्वयम् सेवक बनेर ख्याल गर्नुहोला।


सिंह : दिन राम्रो छ। दिनको सुरुमा भन्दा पछाडि फलदायक रहेको छ। स्वास्थ्य, शिक्षा, रोजगार जस्ता क्षेत्र धेरै राम्रा रहेका छन्। मिहेनत गर्न नछाड्नुहोला। समयले साथ दिएको छ। सल्लाह अनुसार प्रयास गर्दा फल प्राप्ति हुनेछ।


कन्या : दिन सामान्य रहेको छ। विद्या, बुद्धि, व्यापारको क्षेत्रहरु यथावत रहेपनि वैदेशिक क्षेत्रमा भने राम्रो फलदायिक रहेकाले तपाईले गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ। प्रयास गर्नुहोला। राजनीति क्षेत्रमा भने खुट्टा तान्नेहरु सक्रिय छन्, सतर्क रहनुहोला।


तुला : आजको दिन सामान्य राम्रै छ। एकादश स्थानमा चन्द्र देवले भ्रमण गर्दै गर्दा आम्दानीको दृष्टिले धेरै राम्रो छ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्रबाहेक अन्य क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने तपाईको लागनीले उल्लेखनीय भूमिका खेल्नेछ। सरस्वती देवीको स्मरण गर्नु फाइदाजनक छ।


वृश्चिक : दिन सामन्य रहेको छ। इष्टभित्रले असहयोग गर्नेछन्। परिवारबाट पाउनुपर्ने सहयोग नपाउँदा उदास, वैमनस्यता, आलस्यला बढ्नेछ। राम नामको स्मरण गर्नुहोला। ६ अक्षरको नाम गुरुबाट लिएर स्मरण गर्नुहोला। मानसिक, शारीरिक रुपमा सबल हुने सम्भावना बलियो रहेको छ।


धनु : दिन राम्रो छ। धार्मिक, सामाजिक, राजनीतिक, पारिवारिक क्षेत्रहरु सामान्य रहेपनि शैक्षिक क्षेत्रमा भने राम्रो छ। शुभ शब्दहरुको धुन सुन्नुहोला। आजको लगानीले राम्रो फाइदा हुनेछ। विद्याबाट तपाईको कल्याण हुनेछ। आफ्ना राशीबाट त्रिकोण नवौं स्थानमा चन्द्रमाले भ्रमण गर्दैछन्। विद्यामा लगानी गर्नपछि नपर्नुहोला।


मकर : दिन राम्रो छैन। आफन्तले गरेको असहयोगले गर्दा पीडाबोध हुने योग छ। सवारी साधनमा यात्रा गर्दा सतर्कता अपनाउनुपर्नेछ। आर्थिक, सामाजिक क्षेत्रमा भन्दा वैदेशिक क्षेत्रमा लगानी गर्नुहोला जसले नतिजा राम्रो हुने छ।


कुम्भ : दिन सामान्य राम्रो छ। बोलीका प्रभावले गर्दा समाजमा प्रसन्नता कमाइनेछ। छोराछोरीबाट मानसम्मान पाएर खुसी हुने संभावना छ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक क्षेत्रमा झुक्याएर, ठगेर व्यवहार गर्नेहरुले फेला पार्ने सम्भावना छ, सावधानी अपनाउनुहोला।


मीन : दिन सामान्य राम्रो छ। आर्थिक क्षेत्रमा तपाईको प्रयास सफल रहेको छ। एकाबिहानै उठेर आफ्ना बाबाआमालाई नमन गरेर मात्र कार्यभार ग्रहण गनुर्होला। राजनीति क्षेत्रमा भने साथीभाइले राम्रै साथ दिनेछन् अघि बढ्नुहोला। न्यायपूर्ण कमाएको धनबाट थोरबहुत सहयोग गर्नुहोला।

प्रतिकृया