• २१ भदौ २०८३, आइतबार
  • २ः५९ राती

वैशाख मसान्तसम्म १२ वर्षमाथिका सबैले कोरोनाविरुद्धको खोप पाउँने मन्त्री खतिवडाको दाबी

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०२:२९

८ माघ २०७८, काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले १२ वर्षदेखि माथिका सबै नेपालीलाई आगामी वैशाख मसान्तसम्म कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरेका छन् । कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यसअघि १८ वर्षमाथिका नागरिकलाई चैत मसान्तभित्र खोप लगाइसक्ने लक्ष्य रहे पनि १२ वर्षमाथिका बालबालिकाका लागि पनि खोप आएकाले समय लम्ब्याइएको बताए ।

National Life

‘विसं २०७९ वैशाखसम्म लक्षित समूह सबैलाई खोप लगाइसक्ने हाम्रो लक्ष्य छ । पहिले चैत महिनासम्म लगाइसक्ने लक्ष्य थियो। तर, अब लक्षित समूहमा १२ वर्षमाथिका पनि समेटिएकाले एक महिना लम्ब्याइएको छ,’ खतिवडाले भने, ‘ यसअघि लक्षित समूहमा १८ वर्षमाथिकालाई मात्र समेटिएकोले चैतसम्म भनिएको थियो । १८ बर्षमूनिका समूह थपिएकाले वैशाखसम्म पुग्न गएको हो ।’


सबै नागरिकलाई खोप लगाउनका लागि आवश्यक खोपको मौज्दात सुनिश्चित गरिसकेको मन्त्री खतिवडाले बताए । हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मिति भन्दा अगाडि नै पूरा हुने उनले दावी गरे ।

Classic Tech Desktop

प्रतिकृया