• २० भदौ २०८३, शनिबार
  • १ः५७ राती

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको ६६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्‍न

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०२:५६

२८ माघ २०७८, काठमाडौं : संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् शैलेश थापा क्षेत्रीज्यूको प्रमुख आतिथ्यमा एक समारोहबिच आज राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगंजको ६६ औं बार्षिकोत्सव सम्पन्‍न भएको छ ।

National Life

यस अवसरमा प्रमुख अतिथीज्यूले प्रतिष्ठा‍नको बार्षिक पत्रिका “प्रेरणा”को लोकार्पण गरेका थिए । साथै यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठा‍न तथा अपराध अनुसन्धान विद्यालयमा लामो समय कार्यरत रही नेपाल प्रहरी संगठनको प्रमुख कार्यको रुपमा रहेको अपराध अनुसन्धान अन्तर्गत घटनास्थल अनुसन्धान अधिकृत तालिम” र अनुसन्धनात्मक अन्तर्वार्ता तालिम” को थालनी तथा प्रशिक्षण पाठ्यसामाग्री लेखन र “अपराध अनुसन्धानमा भौतिक सबुद संकलन र संरक्षण नामक पुस्तक लेखन गर्नुको साथै अपराध अनुसन्धान सम्बन्धी तालिमको प्रशिक्षण र विकासमा उनले निभाएका प्रशंसनीय भूमिकाको कदर स्वरुप अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई Live Time Achievement Awardबाट सम्मान गरे।


कार्यक्रममा प्रमुख अतिथिले ६६ औं बार्षिकोत्सवको अवसरमा प्रतिष्ठान परिवारलाई शुभकामना व्यक्त गरे । मन्तव्यको क्रममा प्रमुख अतिथिज्यूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्दै उत्तर आधुनिक युगलाई सम्बोधन गर्ने प्रशिक्षण प्रणाली निर्माण गरी त्यसलाई आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामाग्रीहरु समेत निर्माण गर्न निर्देशन दिएका थिए ।

Classic Tech Desktop

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहोराज्यूले स्वागत मन्तव्य व्यक्त गरे भने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गरे ।


कार्यक्रममा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव बिक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका स.प्र.व.उ., प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रका पदाधिकारीहरुका साथै प्रतिष्ठानको तर्फबाट Life Time Achievement Award बाट सम्मानित भएका थिए अवकास प्राप्त प्रहरी उपरीक्षक जय विष्णु नेपालीज्यू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया