उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते
प्रकाशित मिति
२०७८ माघ २७ गते, बिहीबार ०२:०३
२७ माघ २०७८, काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

दुर्घटनामा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याउने क्रम जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका( ७ नागबेलीको जंगलमा दुर्घटना भएको हो ।

घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



प्रतिकृया