• २ असोज २०८३, शुक्रबार
  • ७ः१८ बेलुका

इन्टर कोपाको सेमिफाइनलमा

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०७:३६

२६ माघ २०७८, काठमाडौँ : इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए ।

National Life

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए ।पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।


अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया