• ४ साउन २०८३, सोमबार
  • २:५४ बिहान

आइएमई लाइफ इन्स्योरेन्सले ग-यो मास्कट सार्वजनिक

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार ०४:२५

१७ माघ २०७८, काठमाडौँ : आईएमई लाइफ इन्स्योरेन्सले फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरू तथा हितैषीहरुको सामूहिक प्रयासबाट सम्भव भएको जनाएको छ ।


यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमईको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका हुन् । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने फुयाँलले बताए । कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।

Kamana Sewa

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा सर्वसाधारणहरूसँग कम्पनीको प्रतिनिधिको रुपमा सम्वाद गर्ने बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया