• ४ साउन २०८३, सोमबार
  • ९:२४ बेलुका

एमालेनिकट २१ भातृ संगठनले निर्वाचनको मिति घोषणा गर्न बुझाए ज्ञापन पत्र

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार ०४:१०

१७ माघ २०७८, काठमाडौँ : रुपन्देहीमा एमाले निकट २१ वटा भातृ संगठनहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।


अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेड युनियन (जिफन्ट), राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल खेलकुद महासंघ, नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल भुपू सैनिक तथा प्रहरी संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक मधेशी संगठन, पेशागत महासंघ नेपाल, नेपाल बुद्धिजीवी परिषद्, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन, मानवअधिकार एलायन्स, प्रगतिशील कानुन व्यवसायी संगठन, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुपन्देहीले संयुक्त रूपमा ज्ञापन पत्र बुझाउँदै निर्वाचनको मिति घोषणाको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएका छन् ।

Kamana Sewa

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले सरकार निर्वाचनबाट पछाडि हटे नेपाली जनतालाई लोकतन्त्र बचाउने सडकमा आउने चेतावनी दिए । ज्ञापन पत्रमा जेठ ५ गतेपछि ७५३ वटा स्थानीय सरकारले वैशाखपछि कार्य अवधि सकिन्छ र शून्यता आउने भएकोले निर्वाचन गर्न माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने बताए ।

Classic Tech Desktop

प्रतिकृया