• २१ भदौ २०८३, आइतबार
  • ११ः४९ राती

इम्युनिटी पावर बढाउँछ भन्ने मानसिकताले काठमाडौँमा खसीको खुट्टा किन्न सात दिनअघि बुकिङ

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार ०८:३२

१७ माघ २०७८, काठमाडौँ : उपत्यकाका मासु पसलमा अहिले खसीका खुट्टा किन्न सात दिनअघि नै बुकिङ गर्नु पर्ने भएको छ । माग अत्यधिक बढेपछि बजारमा खसीका खुट्टाको हाहाकार भएको मासु पसलेले बताए । नेपालमा कोरोना भाइरसको तेस्रो लहर चलिरहेको छ । काठमाडौँ उपत्यकामा ओमिक्रोन भेरियन्ट तिव्ररुपले बढीरहेको छ । खसीका खुट्टाको झोल खाए तागत (इम्युनिटी पावर) बढाउँछ भन्ने मानसिकताले खसीको खुट्टाको माघ तिव्ररुपमा बढ्न थालेको हो ।

National Life

मागअनुसार आपूर्ति हुन नसक्दा खसीका खुट्टा पाउन मासु पसलमा नाम टिपाउनुपर्ने अवस्था छ। नाम टिपाएपछि पनि एक हप्तापछि मात्रै खुट्टा लिने पालो आउँछ। खुट्टाको माग अहिले धेरै नै बढेको छ । मासु पसलमा एक हप्तादेखि खसीका खुट्टा खोज्नेहरूको लाइन रहेको र खुट्टाकै लागि ग्राहकबीच झगडै समेत पर्ने गरेको मासु पसले बताउछन् ।


यता संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी खसीको खुट्टाको झोल खाँदा इम्युनिटी बढ्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताए। इम्युनिटी भन्ने कुरा आज केही खाएर भोलि बढ्ने होइन । खसीको खुट्टाको झोल खाँदा इम्युनिटी बढ्छ भन्ने वैज्ञानिक प्रमाण छैन । कोरोना हुँदा झोलिलो कुरा खानुपर्छ । खसीको खुट्टाको झोल नै खानुपर्छ भन्ने छैन । खसीको अरू भागको मासु खानु र खुट्टाको झोल खानु उस्ताउस्तै हो । खुट्टाकै झोल खानुपर्छ भन्ने केही छैन, सुवेदीले भने ।

Classic Tech Desktop

प्रतिकृया