• ५ साउन २०८३, मंगलबार
  • १०:०७ बिहान

दुई सय जना कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०२:३७

१४ माघ २०७८, काठमाडौं : नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो ।


आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले जानकारी दिए ।

Kamana Sewa

दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण सङ्घका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत सङ्घका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

Classic Tech Desktop

सङ्घका अध्यक्ष लामाले ‘द निप्पोन फाउन्डेसनको सहयोगले जाडो मौसममा केही सहयोग पुर्‍याउने ध्येयले कुष्ठ प्रभावितलाई सामग्री वितरण गरेको जानकारी दिए ।

प्रतिकृया