एमालेसँग चुनाब हार्ने डरले निर्वाचन सार्ने षड्यन्त्र भयो : महेश बस्नेत
प्रकाशित मिति
२०७८ माघ १४ गते, शुक्रबार ०२:५९
१४ माघ २०७८, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले एमालेसँग चुनाब हार्ने डरले सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले उक्त अभिब्यक्ति दिएका हुृन् ।

उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताए । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतको आरोप छ ।
स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रका विरुद्ध एमाले आन्दोलनमा जाने नेता बस्नेतको भनाइ छ । उनले सरकार र त्यसको नेतृत्व सबैतिर असफल भएको आरोप लगाए ।

‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ’ नेता बस्नेतले भने, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’
त्यस्तै, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव समेत दिएका छन् । नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् ।



प्रतिकृया