• २२ भदौ २०८३, सोमबार
  • ९ः५८ बिहान

प्राङ्क भिडियोसम्बन्धी रोक लगाउने गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासंघको आपत्ति

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०३:१८

१४ माघ २०७८, काठमाडौं : नेपाल पत्रकार महासंघले गृह मन्त्रालयले प्राङ्क भिडियो नबनाउन तथा व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न भनेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका छन् ।

National Life

‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ’, पुरीले भनेका छन्, ‘महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’


मन्त्रालयले सार्वजनिक स्थलमा प्राङ्कको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो गरेको पाइए कारबाही गर्ने बताएको छ ।

Classic Tech Desktop

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराइएको छ भने त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।

प्रतिकृया