• २१ भदौ २०८३, आइतबार
  • १०ः४४ बिहान

राष्ट्रपतिद्वारा ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०३:२४

१४ माघ २०७८, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

National Life

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो ।

प्रतिकृया