• २२ भदौ २०८३, सोमबार
  • ५ः०६ बिहान

पत्रकार विश्वकर्माको निधनप्रति श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०७:०८

७ माघ २०७८, काठमाडौँ : पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गरिएको भन्दै श्रमजीवी पत्रकार संघले संघ सिभिल अस्पतालको ध्यानाकर्षण गराएको छ । संघले विश्वकर्माको उपचार नगरी आइसीयु छैन भन्दै फर्काएको घटनाप्रति आपत्ति जनाउँदै छानविनको माग गरेको छ । ‘उपचार नगरिएको घटनाको उचित छानबिन गरी दोषीलाई कडा कारबाहीको मा गर्दछौं ।

National Life

पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालले अस्पताल गेटमा धर्ना दिने छ,’ संघका अध्यक्ष जन्मदेव जैशीले भने ।व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आइसुलेशनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


आगामी आइतबार श्रमजीवी(पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठकबाट ठोस निर्णय गरेर न्यायका लागि पहल गर्ने अस्पताल प्रशासनले बचन दिएको उनले बताए ।

Classic Tech Desktop

प्रतिकृया