• २० भदौ २०८३, शनिबार
  • ३ः२० राती

कोरोना कहरः जिल्ला प्रशासन कास्कीको सेवा कटौती

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०६:५३

५ माघ २०७८, काठमाडौँ : जिल्ला प्रशासन कार्यालय कास्कीका कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि राहदानी लगायतका सेवा स्थगित भएको छ । कार्यालयको राहदानी र राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि केही समयका लागि सेवा स्थगित गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

National Life

उनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा स्थगित गरिएको छ । तयारी अवस्थामा रहेका राहदानी भने वितरण गरिने छ । प्रशासनले भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवा समेत हाललाई बन्द गरेको जनाएको छ । प्रशासनले राहदानी, राष्ट्रिय परिचय पत्र र भारतीय पेन्सन सिफारिस सम्बन्धी सेवाका लागि अनलाईन आवेदन समेत नगर्न आम जनसमुदायमा अनुरोध गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया